धनकुटामा रुखको हाँगाले लाग्दा ७२ वर्षका वृद्धको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन ४

धनकुटा : धनकुटामा रुखबाट खसेको हाँगाले लाग्दा ७२ वर्षका एक वृद्धको मृत्यु भएको छ।

धनकुटा नगरपालिका- ९ बर्लाबोटेका ७२ वर्षीय कमलबहादुर भण्डारीको रुखको हाँगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

खानेपानीको पाइप बनाउन जाने क्रममा बाटो हिँडिरहेका बेला अकस्मात झरेको सल्लाको हाँगाले लागेर उनको मृत्यु भएको हो।

धनकुटा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष टंक रोइलाकाअनुसार भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *