×

आफैले बोकेको गोली लाग्दा डडेल्धुरामा एक जनाको मृत्यु

चैत्र २, २०७८ | दाक्सु मिडिया

२ चैत्र, डडेल्धुरा – डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी देवेन्द्र पालकाअनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। उनको शव अस्पतालमा राखिएको छ। त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
नियन्त्रणमा लिइएकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन। जंगली जनावर बँदेल मार्नको लागि राखिएको बन्दुक पड्केको डीएसपी पालले बताए ।

आफैले बोकेको गोली लाग्दा डडेल्धुरामा एक जनाको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: