लुम्बिनी प्रदेशमा दुईजना मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख २४

लुम्बिनी प्रदेशमा दुई जना मृत फेला परेका छन् ।  बर्दिया र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै घटनामा दुईजना मृत फेला परेका हुन् ।  बर्दियाको गेरुवा गाउँपालिका–१ सरखोल बस्ने ७५ वर्षीया राजमती थारु  बगहिपुरस्थित कर्णाली नदीबाट सिञ्चाईको लागि बनाएको कुलोमा मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै, अर्घाखाँचीको  सितगंगा नगरपालिका–१३ छत्याङ बस्ने चेतबहादुर विकका १२ वर्षीय छोरा मनोज विक घरबाट करिब चारसय मिटर टाढा जंगलमा मृत अवस्थामा फेला परेका छन् ।  दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *