×

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

पुस ३, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल भाइरल प्लानिङ बस्ने काभ्रे चौरी देउराली गाउँपालिका–६ घर भएका ३२ वर्षीय निमा तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुढा डेरा गरी बस्ने ४५ वर्षीया पुनम गुरुङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यता बाराको फेटा गाउँपालिका–२ जगतपुर डेरा गरी बस्ने भारत बिहार घर भएका ५० वर्षीय संजिब कुमार झा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका-२ बनिनियास्थित कुलोमा भारत दरभंगा ग्राम पंचायत सयामपुर बस्ने ५५ वर्षीय श्रीकान्त लाल देव मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: