|
२०७८ जेष्ठ ११
काठमाडौं । प्युठान जिल्लाको नगरपालिका–२ चितीखोलाको एक परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीय छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार रातामाटाको जंगलमा मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टरले जानकारी दिए अनुसार उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । ‘घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान कार्य भइरहेको छ,’ उनले भने ।
प्रहरीका अनुसार उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी स्थानीयले दिएका छन् ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्