काठमाडौं – लमजुङ, मध्यनेपाल नगरपालिका-७ पैरावन बस्ने मिनराज परियारको बाख्राको खोरभित्र उनकै हजुरबुवा कास्की पोखरा उपमहानगरपालिका-२१ छोरेपाटन बस्ने ६० वर्षीय ईन्द्र बहादुर परियार सोमबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका-१४ नख्खीपोर्ट डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएका ३१ वर्षीय राजेश गुरुङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, विदेह नगरपालिका-९ वैदेहीस्थित रेल्वे स्टेशनको टिकट काउण्टरको साईडमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया, बारबर्दिया नगरपालिका-४ घोरपिट्टा बस्ने बाग्लुङ बुर्तिबाङ घर भएका ३४ वर्षीय हुकुम बिक सोही ठाउँ कुसुम्बाघाटस्थित बवई नदीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सोही ठाउँ बस्ने ३४ वर्षीय लेखनाथ पौडेल सहित ३ जना बवई नदीमा नुहाउने क्रममा हुकुम डुबेर बेपत्ता भएपश्चात खोजी गर्ने क्रममा उनी मृत फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्