सप्तरीको वीरपुरमा खेतमा एक जनाको शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण २२

राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ वरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ । राजविराज कुनौली सडकको छेउमा धानखेतमा सिरहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव घोप्टो परेको अवस्थामा फेला परेको हो ।

सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको बताए । शव फेला परेका कर्ण घटनास्थलनजिकै बन्द अवस्थामा रहेको इँटा भठामा मुन्सीको रूपमा रहेको वज्राचार्यले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *