महाकुलुङ गाउँपालिकाको नयाँ वजेट सार्वजनिक, शिक्षा र स्वास्थ्यमा विशेष जोड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार १०

१० असार, सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ४० करोड ४७ लाख ९० हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ। चालु वर्षको तुलनामा यो १८.६१ प्रतिशतले बढी हो।

गाउँपालिकाको सोह्रौँ गाउँसभामा उपाध्यक्ष विपना कुलुङद्वारा प्रस्तुत वजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ। सगरमाथा माविमा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुँदै आएको र आगामी वर्षदेखि कक्षा १२ सम्म स्तरवृद्धि गरिनेछ। स्वास्थ्यतर्फ वडा नं. ३ छेस्काममा वर्थिङ सेन्टर निर्माण गरिनेछ भने वडा नं. १ र २ मा खानेपानी योजनामा साझेदारी गरिनेछ।

स्थानीय वृद्धाश्रम, शिशु स्याहार केन्द्र सञ्चालन, र स्थानीय उत्पादनलाई सरकारी पोशाकमा समेट्ने जस्ता कार्यक्रमहरू पनि उल्लेखनीय छन्।

शिक्षा र स्वास्थ्यमा गरिएको लगानीले गाउँको मानव विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *