उत्कृष्ट योगदानकर्ताहरूको सम्मानमा लिखुपिके गाउँपालिकाको विशेष कार्यक्रम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार १३

१३ असार सोलुखुम्बु । स्थानीय विकास र उत्कृष्ट सेवामा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्न लिखुपिके गाउँपालिका, सोलुखुम्बुले विशेष कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रम २०८२ असार १५ गते बिहान १० बजे गाउँपालिकाको सभाहल, चौलाखर्कमा हुनेछ।

गाउँ कार्यपालिकाको निर्णयअनुसार सञ्चालन हुने यस सम्मान कार्यक्रममा विभिन्न क्षेत्रबाट उल्लेखनीय कार्य गर्नेहरूलाई सम्मान गरिनेछ। गाउँपालिकाले यस कार्यक्रममार्फत योगदानकर्ताको कदर गर्दै भावी पुस्तालाई प्रेरणा दिने उद्देश्य लिएको जनाएको छ।

सम्मान प्राप्त गर्ने क्षेत्रहरू यस प्रकार छन्ः

गाउँपालिकाले यो कार्यक्रम पारदर्शिता, सेवा भाव, सामाजिक समावेशिता र स्थानीय प्रतिभाको पहिचानलाई संस्थागत गर्न एक महत्वपूर्ण पहलको रूपमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *