महाकुलुङ गाउँपालिकाले वडागत बजेटका लागि एक–एक करोडको प्रस्ताव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार ६

६ असार, काठमाडौं । महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रत्येक वडालाई एक करोड रुपैयाँ बजेट विनियोजन गर्ने प्रस्ताव गरेको छ। गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङको अध्यक्षतामा बसेको स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समितिको बैठकले वडागत पूँजीगत खर्चको सीमा निर्धारण गरेको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ अनुसार गरिएको प्रस्ताव आगामी गाउँसभामा पेश गरिनेछ। प्रस्ताव पारित भएमा ५ वटा वडाले आ–आफ्नो क्षेत्रमा एक करोडभित्रका योजना चयन गर्नुपर्नेछ।

गाउँपालिकाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी वर्षका लागि कुल ४९ करोड ४२ लाख ५० हजार रुपैयाँ बजेट अनुमान गरेको छ। बजेट स्रोतमा आन्तरिक आय, मौज्दात, प्रदेश तथा संघीय सरकारका अनुदानहरु रहेका छन्।

बजेट सिमा निर्धारण समितिले नीति तथा कार्यक्रम अनुरूप विकासका विविध क्षेत्रमा प्राथमिकता निर्धारण गर्दै वडागत, शाखागत र कार्यपालिका तहमा बजेट सीमाका लागि कार्ययोजना तय गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *