 
                                                सोलुखुम्बु, महाकुलुङ – महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४० करोड ४७ लाख ९० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको सोह्रौँ गाउँसभामा उपाध्यक्ष विपना कुलुङले बजेट प्रस्तुत गर्दै स्थानीय पूर्वाधार, सामाजिक सेवा, रोजगारी, शिक्षा तथा सांस्कृतिक पहिचान संरक्षणमा केन्द्रित कार्यक्रमहरू अघि सारेकी हुन्।
यो बजेट चालु आर्थिक वर्षको तुलनामा ६ करोड ३५ लाख १२ हजार रुपैयाँले बढी, अर्थात् १८.६१ प्रतिशतले वृद्धि भएको छ। बजेटमा संघीय तथा प्रदेश सरकारका विभिन्न शीर्षकबाट प्राप्त अनुदान, राजस्व र आन्तरिक स्रोतहरूको संयोजन रहेको छ।
प्रमुख बजेट योजनाहरू:
🔹 गाउँपालिकाको प्रशासनिक भवन निर्माण – स्थानीय पूर्वाधार विकास विभाग (डोली) सँगको साझेदारीमा
🔹 बुदुम खोलामा आधुनिक प्रिस्ट्रेस पुल निर्माण कार्य
🔹 वृद्धाश्रम र शिशु स्याहार केन्द्र सञ्चालनमा निरन्तरता
🔹 स्थायी कर्मचारी र अतिरिक्त समय काम गर्ने कर्मचारीका लागि प्रोत्साहन
🔹 प्रधानमन्त्री रोजगार कार्यक्रम संघीय सरकारसँग साझेदारीमा सञ्चालन
🔹 कोंखो खोलामा मोटरेबल पुल निर्माण
🔹 पेल्माङ र छेस्काममा खानेपानी योजनाहरू
🔹 वडा नं. ३ छेस्काममा सुरक्षित वर्थिङ सेन्टर स्थापना
नीति तथा पहिचान प्रवर्द्धनका विशेष पहलहरू:
🔸 ज्येष्ठ नागरिकहरूलाई परिचयपत्र वितरण
🔸 सगरमाथा माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ कक्षा र १२ कक्षासम्म स्तरीकरण
🔸 वधशाला निर्माण कार्य अघि बढाउने
🔸 महाकुलुङ खेलमैदानलाई राष्ट्रिय फुटबल खेलाडी ‘प्रिति राई कुलुङ’ को सम्मानमा नामाकरण
🔸 स्थानीय उत्पादन प्रवर्द्धन – अल्लो र ढाका कपडालाई सरकारी पोशाकको मान्यता
गाउँपालिकाले गैरसरकारी संघसंस्थासँग समन्वय गरी ३ करोड ४० लाख ८३ हजार रुपैयाँभन्दा बढीको कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।
स्थानीय पूर्वाधार, मानव सेवा, शिक्षा र सांस्कृतिक पहिचानलाई समेट्ने यस बजेटले महाकुलुङलाई समावेशी, उत्पादनशील र समृद्ध बनाउने अपेक्षा गरिएको छ।
 दाक्सु मिडिया
    दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्