महाकुलुङ गाउँपालिकाले काठमाडौमा प्रशासनिक घुम्ती सेवा संचालन गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ८

महाकुलुङ गाउँपालिकाको स्थायी बासिन्दा भई राजधानीमा बसोबास गरेर बसेका नागरिकहरु लाई लक्षित गरि पालिकाले दुई दिने प्रशासनिक घुम्ती सेवा संचालन गर्ने भएको छ ।

कुलुङ शेर्वी किदुकको समन्वयमा काठमाडौको गोकर्णेश्वर नगरपालिका ६ अवस्थित शेर्पा पार्टी प्यालेसमा भाद्र १० र ११ गते संचालन गरीने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले बताउनु भयो । बजेट निकासा बाहेक पालिका र वडाबाट प्रदान गरीने सबै सेवा प्रदान गरिने छ ।
पालिकाले गत आर्थिक वर्षमा समेत सोही स्थानमा सो कार्यक्रम संचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *