महाकुलुङ गाउँपालिकाले काठमाण्डौँमा आयोजना गरेको शिविरमा १ हजार बढीले सेवा लिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २५

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाको प्रशासनिक घुम्ती शिविरमा १ हजार बढीले सेवा लिएका छन् । गाउँपालिकाले काठमाण्डौँमा आयोजना गरेको ३ दिने प्रशासनिक घुम्ती शिविरमा १ हजार १ सय ४२ जनाले सेवा लिएका हुन् ।

शिविरबाट वडा नम्बर १ का १ सय ३५ जना, वडा नम्बर २ का ६५, वडा नम्बर ३ का १ सय ४४ जना, वडा नम्बर ४ का ७२ जना र वडा नम्बर ५ का ३ सय ९६ जनाले प्रशासनिक सेवा पाएको लेखापाल ध्रवधन राइले जानकारी दिए ।

५ सय १२ जनाले विवाह दर्ता, जन्म दर्ता, मृत्यू दर्ता, नाता प्रमाणीत, नागरिकताको नयाँ र प्रतिलिपी सिफारिस, सामाजिक सुरक्षा भत्ता नविकरण, मालपोत तिरोको सेवा लिएका राइले बताए ।

उक्त शिविरबाट ३ सय ३० जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ भने वडा नम्बर ५ ले शेयर कारोबारका लागि ३ सय वडाबासीको डिम्याट खाता संकलन र सहजीकरण गरेको गाउँपालिकाले जनाएको छ । शिविर साउन २२ गते देखि २४ गते सम्म सच्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *