महाकुलुङ गाउँपालिकाद्धारा काठमाण्डौँमा प्रशासनिक घुम्ती शिविर सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २२

काठमाण्डौँ । महाकुलुङ गाउँपालिकाले काठमाण्डौँमा प्रशासनिक घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिकाका स्थायी बासिन्दा भई काठमाण्डौँमा विभिन्न पेशा व्यवसाय गरेर अस्थायी रुपमा बसोबास गरेका नागरिकलाई लक्षित गरि गाउँपालिकाको आयोजना तथा कुलुङ शेर्वी किदुकको समन्वयमा शिविर सञ्चालन भएको हो ।

पालिकाले ५ वटै वडा कार्यलयबाट प्रवहा हुने विविध प्रकारका प्रशासनिक सेवा प्रवाह गरेको छ । काठमाण्डौँमा शिविर सञ्चालन गर्दा एकै परिवारका ४ देखि ५ जनासम्मले सेवा लिएको वडा नम्बर २ का अध्यक्ष प्रदिप कुलुङले बताउनु भएको छ ।

नागरिकताका लागि सिफारिस, राहदानीको सिफारिस, सामाजिक सुरक्षा भत्ता नविकरणका लागि बायोमेट्रिक, जन्मदर्ता लगायत वडाबाट प्रवाह हुने सम्पूर्ण सेवा दिइएको छ । विशेष गरि अशक्त व्यक्तिको लागि सेवा निकै प्रभावकारी भएको गाउँपालिका अध्यक्ष सूर्य कुलुङले बताउनु भएको छ । सेवा लिन जान धेरै खर्च लाग्ने भएकाले आफ्ना नागरिकको सहजताको लागि विगत ३ बर्षदेखि सेवा सञ्चालन गर्दै आएको उहाँले बताउँनु भएको छ । साथै उहाँले आफुहरुको कार्याकालसम्म सेवा प्रदान गर्ने पनि बताउनु भएको छ ।

शिविर २२ गते बिहीबारदेखि २४ गतेसम्म शेर्पा पार्टी प्यालेस, गोकर्णेश्वर नगरपालिका ६ काठमाण्डौँमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको छ । यस्तै अन्य पालिकाले पनि सेवा सुचारु गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *