थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा तीनदिने सेवा शिविर संचालन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण ४

काठमाडौं, २०८२ साउन ४ गते — थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बुका स्थायी बासिन्दा भई हाल काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरूलाई लक्षित गर्दै एकीकृत सेवा शिविर सञ्चालन गरिने भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राईद्वारा जारी सूचनाअनुसार शिविर आगामी साउन १०, ११ र १२ गते काठमाडौंको नव दुर्गा पार्टी भेन्यु, सुकेधारामा संचालन हुने छ।

शिविरमा विभिन्न सेवाहरू वडा कार्यालयबाटै प्रदान गरिने जनाइएको छ। सेवा लिन इच्छुक नागरिकहरूले आवश्यक कागजातहरू साथमा लिएर तोकिएको मिति र स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ।

शिविरमा प्रदान गरिने सेवाहरूमा समावेश छन्:

सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण
मालपोत तथा भूमिकर संकलन
जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्धविच्छेदजस्ता पञ्जिकरणसम्बन्धी सेवा
राष्ट्रिय परिचयपत्र वितरण
ज्येष्ठ नागरिक परिचयपत्र वितरण
वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सिफारिसहरू
अन्य आवश्यक सेवाहरू
शिविरको उद्देश्य काठमाडौंमा बसोबास गर्दै आएका थुलुङ दुधकोशी गाउँपालिकाका नागरिकहरूलाई सहज रूपमा स्थानीय तहका सेवा उपलब्ध गराउनु रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *