काठमाण्डौँ । युक्रेन युद्धमा रुस क्रमशः कमजोर बन्दै गएको र चीनका राष्ट्रपति सी जिनपिङले त्यो वास्तविकता बुझिसकेको भन्दै अमेरिकामा डोनाल्ड ट्रम्पमाथि आन्तरिक दबाब बढेको छ ।
सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अझै पनि रुसप्रति नरम दृष्टिकोण राखिरहेको भन्दै त्यसले अमेरिकी रणनीतिमा असर पार्न सक्ने चेतावनी दिइएको छ ।
युक्रेन युद्धको दलदलमा फसेको बुझेका सी जिनपिङले भ्लादिमिर पुटिनलाई यो दलदलबाट बाहिरिन अप्रत्यक्ष दबाब दिएको बताइएको छ । ट्रम्प फर्केलगत्तै पुटिन अहिले बेइजिङमा छन् ।
सीएनएनका अनुसार, लामो युद्ध, आर्थिक प्रतिबन्ध, सैन्य क्षति र बढ्दो आन्तरिक दबाबका कारण रुसको शक्ति कमजोर हुँदै गएको संकेत देखिएको छ ।
युक्रेनले पश्चिमी सैन्य सहयोगको सहारामा प्रतिरोध जारी राख्दा मस्को अपेक्षित रणनीतिक सफलता हासिल गर्न संघर्षरत रहेको रिपोर्टमा उल्लेख छ । अहिले रुस युद्धमा थाकेको आँकलन गरिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्