काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबामाथि दबाब बढाइरहेका बेला एउटा उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डलले हालै क्युबा पुगेर त्यहाँका सरकारी अधिकारीहरूसँग भेटवार्ता गरेको छ । यो करिब एक दशकयताकै सबैभन्दा उच्चस्तरीय अमेरिकी भ्रमणमध्ये एक मानिएको छ, जुन क्युबामाथि जारी आर्थिक दबाब र सम्भावित सैन्य कारबाहीको चेतावनीबिच भएको हो ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार उक्त प्रतिनिधिमण्डलले क्युबालाई समय सीमित हुँदै गएको भन्दै अमेरिकी समर्थन प्राप्त आर्थिक तथा राजनीतिक सुधारहरू लागू गर्न आग्रह गरेको थियो । ती सुधारहरूमा अर्थतन्त्र खुला बनाउने, निजी क्षेत्रको विकास गर्ने र विदेशी लगानी आकर्षित गर्ने विषय समावेश छन् । सन २०१६ मा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको ऐतिहासिक भ्रमणयता पहिलो पटक अमेरिकी सरकारी विमान क्युबामा अवतरण गरेको छ । यो भ्रमणलाई विशेष महत्वका साथमा हेरिएको छ ।
भेटवार्तामा क्युबामा अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्याटलाइट इन्टरनेट कम्पनी स्पेशएक्सको स्याटलाइट इन्टरनेट सेवा ल्याउने प्रस्ताव, अमेरिकी नागरिक र कम्पनीहरूको जफत गरिएका सम्पत्तिको क्षतिपूर्ति, तथा राजनीतिक बन्दीहरूको रिहाइ र नागरिक स्वतन्त्रता विस्तार जस्ता विषय उठाइएको बताइएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्