काठमाण्डौँ । पश्चिम एसियाको आकाशमा असाधारण घटना देखा परेको छ ।
अमेरिकी संचारसंस्था सीएनएनका अनुसार विश्वकै अत्याधुनिक मानिने अमेरिकी पाँचौँ पुस्ताका स्टेल्थु लडाक विमान एफ–३५ माथि आक्रमण भएपछि ती विमानहरूलाई आपत्कालीन रूपमा क्षेत्रीय सैन्य अखडामा अवतरण गराउनुपरेको छ।
घटनाले केवल सामान्य सैन्य क्षति मात्र गराएको नभएरघवाई युद्धमा पश्चिमी प्रभुत्वमाथिनै गम्भीर प्रश्न उठाएको छ । एफ-३५ लडाकु जहाजहरू माथि हमलाको घटनालाई जारी युद्धको सबैभन्दा नयाँ र अत्यन्तै चिन्ताजनक संकेत मानिएको छ।
सीएनएनमा उल्लेख भए अनुसार आक्रमण इरानबाट भएको हुनसक्ने आशंका छ । अमेरिकी मध्य कमान्डका प्रवक्ता तथा क्याप्टेन टिम हकिन्सका अनुसार ती स्टेल्थ जेटहरू आपत्कालीन अवतरण हुनु अघि ुइरानको आकाशमा सक्रिय युद्ध अभियानमाु संलग्न थिए ।
उनका अनुसार अहिले सबै विमानहरू सुरक्षित रूपमा अवतरण गराइएका छन् । साथै चालक दलको अवस्था पनि स्थिर रहेको छ। घटनाको गम्भीर अनुसन्धान समेत सुरु भइसकेको छ ।
गत फेब्रुअरीदेखि जारी इरान युद्धमा अमेरिकी एफ–३५ माथि प्रत्यक्ष आक्रमण भएको यो पहिलो घटना हो। अमेरिका र इजरायल दुवैले प्रयोग गरिरहेका यी अत्याधुनिक विमानहरूको मूल्य प्रति जहाज १० करोड अमेरिकी डलरभन्दा बढी पर्छ । यी जहाजहरूलाई लामोदेखी अजेय मानिँदै आएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्