‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ मा ट्रम्पले आफूलाई घोषणा गरे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २८

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भएको घोषणा गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा एक तस्वीर सार्वजनिक गर्दै त्यसमा पदनामका रूपमा भेनेजुएलाको कार्यवाहक राष्ट्रपति लेखिएको उल्लेख गरेका छन् ।

अमेरिकाले सैन्य कारबाही गरी गत जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेर अमेरिका पुर्‍याएको छ । अमेरिकी अदालतमा मादुरोमाथि हतियार तथा लागुऔषध तस्करीको आरोप लगाउँदै मुद्दा चलाइएको छ ।

अमेरिकी कदमपछि भेनेजुएलामा सत्ता रिक्तताको अवस्था सिर्जना भएको भन्दै पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ ।

ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्तर्राष्ट्रिय राजनीतिमा थप विवाद चर्किएको छ । भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकाको प्रत्यक्ष हस्तक्षेप भएको भन्दै विभिन्न देश र विश्लेषकहरूले आलोचना गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *