प्यालेस्टाइनमा पुनः इजराएली हवाई हमला

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार २

२ असार, काठमाडौं। इजरायल र प्यालेस्टाइनमा युद्धविराम भएको २१ दिन पछि इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले प्यालेस्टाइनको गाजा पट्टीको दक्षिणी क्षेत्र, खान युनिसमा बुधबार पुनः हवाई आक्रमण गरेको छ।

विस्फोटकले भरिएका बेलुनहरू दक्षिणी इजरायलको गाजाबाट छोडिएका कारण त्यस कार्यको बिरूद्ध उक्त हमला गरिएको आईडीएफले जारि गरेको एक विज्ञप्तिमा उल्लेख छ

११ दिनको युद्ध पश्चात इजरायल र प्यालेस्टाइन बीच २१ मेमा इजिप्टको सहयोगमा युद्धविराम सम्झौता भएको थियो।

इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेटले यस हवाई हमलाबाट प्यालेस्टाइनप्रति उनको नीति कडा हुन गएको सन्देश पठाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *