बढ्दो द्वन्द्व : हमासको १५ किलोमिटर लामो टनेल इजरायलद्वारा भत्काइयो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ४

बिगत नौ दिनदेखि इजरायल र प्यालेस्टिनी संगठन हमास बिचको युद्ध यथावत नै छ।

सोमबार इजरायल डिफेन्स फोर्सले हमासको १५ किलोमिटर लामो टनेल नष्ट गरेको दाबी गरेको छ। लगभग १६० वटा विमानले एकै साथ उत्तरी गाजा पट्टीको टनेलमा आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ।

इजरायल र हमास बीच चलिरहेको युद्धमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। जस मध्ये ५८ भन्दा बढी बच्चाहरू पनि सामेल छन्।

प्यालेस्टाइन सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकले कुनै नतिजा ननिकाले पश्चात इजरायलले गाजामा आक्रमणलाई तीव्र बनाएको हो। यहि समयमा, यी आक्रमणहरूका सम्बन्धमा अन्तर्राष्ट्रिय बिचारबाट मिश्रित प्रतिक्रिया आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *