गाजापट्टीमा इजरायली सेनाको हवाई आक्रमणः ४० जनाको मत्यु, ६० घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र २५

काठमाडौँ : गाजापट्टीमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी कम्तिमा ४० जनाको मत्यु भएको छ। बीबीसीका अनुसार हमास सञ्चालित सिभिल डिफेन्स प्रशासनले मानवीय सहयोगका लागि तोकिएको क्षेत्रमा इजरायली सेनाले आक्रमण गरेको बताएको छ। जसमा ६० जना घाइते भएका छन्।

तर, इजरायली सेनाले भने खान युनिसमा हमासका लडाकुले सञ्चालन गरेको केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको दावी गरिेको छ। स्थानीय नागरिकका अनुसार अल–मवासीमा विस्थापित नागरिकको टेस्टमाथि ३ वटा आक्रमण भएको छ।

गत वर्ष अक्टुबलमा सुरु भएको युद्धका कारण हजारौँ नागरिक विस्थापित भएर खान युनिस पुगेका थिए। जहाँ पछिल्लो समय इजरायलको आक्रमण तीव्र बन्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *