इजरायल-हमासको युद्धमा १०३ जनाले गुमाए ज्यान

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३१

इजरायल र हमासको सानो स्तरको युद्ध अब ठूलो युद्धतर्फ लम्किरहेको छ। शुक्रबार, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजा पट्टीमा हमासलाई लक्ष्य बनाइ हवाई हमला गरेको थियो। टाइम्स अफ इजरायलका अनुसार उक्त हमलाले हमासको रकेट प्रक्षेपण स्थलहरू ध्वस्त पारेको छ। उही समयमा, आईडीएफले दाबी गरे अनुसार हमासका रकेटहरू गलत फायर भएर गाजा पट्टी खसेका कारण त्यहाँ इजरायल भन्दा बढी मृत्यु भएको हो।

हमास र इजरायलको आपसी आक्रमणमा हालसम्म १०३ जनाको मृत्यु भएको छ। यसमा २७ बच्चाहरू पनि सामेल छन् भने ५८० जना घाइते भएका छन्। मृतकहरु मध्ये ७ जना इजरायलका र बाँकी इजरायलको हवाई हमलामा मारिएका प्यालेस्टेनियनस्हरु हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *