कोरोना अपडेट : थपिए ४४७२ सङ्क्रमित, ९२ जनाको सङ्क्रमणबाट मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ २४

२४ जेठ, काठमाडौं ‌‌। पछिल्लो २४ घण्टामा देशभर ४,४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९२ जनाले सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ९०३ जनाको स्वाब परीक्षण गरिएकोमा चार हजार ४७२ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा भने ६,९५१ जना सङ्क्रमण मुक्त भएका छन्। योसँगै निको हुनेको संख्या चार लाख ९७ हजार ९६० पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *