अन्जु पन्त र केशव कसुरको ‘अलायम’ सार्वजनिक (भिडियोसहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २१

काठमाडौं । गायिका अन्जु पन्त र गायक केशव कसुरको ‘अलायम’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा साहित्यकार सुवास संगम राईको शब्द रहेको छ भने अनिल कोयी राईको संगीत रहेको छ।

सार्वजनिक म्युजिक भिडियो किङ स्टूडियो काठमाडौं स्थित सुरेश राईले रेकर्ड गरेको गीत राजु कार्कीले मिक्स् मास्टरिंग गरेका हुन् । सार्वजनिक गीत किराती मिथक र सभ्यता अनुरुप प्रेम कहानी दर्शाउन खोजिएको छ ।

सार्वजनिक गीतको भिडियो राम्रो बनेको प्रतिक्रिया दर्शकहरूले दिईरहेको गायक कसुरले हाम्रो आवाज डटकमसंग बताए । सार्वजनिक गीतको मुख्य भुमिकामा उमेश राई उर्फ फुलन्देकी आमा, अनुशा राई, श्याम राई र कृष्टि राईको फिचरिङ रहेको छ ।

युवा संगीतकार अनिल कोयी राईले निर्देशन गरेको म्युजिक भिडियोमा अनुभवि कोरियोग्राफर कमल राईले गरेका छन्। दिनेश पराजुलीले छायांकन रहेको गीत लिम्दुमी क्रिएसनमार्फत सार्वजनिक गरिएको भिडयो अमृत चापागाईंले इडिटिङ तथा कलरिङ गरेका हुन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *