इन्द्र जि जिबिसाको ‘सबकी प्यारी’ बोलको गीत सार्वजनिक(भिडियोसहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २

काठमाडौं -इन्द्र जि जिबिसाको निर्देशनमा बनेको ‘सबकी प्यारी’ गीत सार्वजनिक भएको छ ।उक्त गीतमा १० वर्षिय निहरा तामाङले अभिनय गरेकी छिन् भने गीतमा ७ वर्षिय सरगम राईले आफ्नो स्वर दिएकी छिन् ।

गीतमा अशोक चाम्लिङ राईको शब्द रहेको छ भने सुमन राईले सङ्गित दिएका छन् ।उक्त गीतमा मेग्ना मगरले कोरियोग्राफरको भूमिका निर्वाह गरेकी छिन् ।सिनिमेटोग्राफरमा ओम प्रसाईंले साथ दिएका छन् ।त्यस्तै गरेर अनिल कुमार महर्जनले उक्त गीतमा कलरिङमा साथ दिएका छन् र सुबास कुथुमिले रेकर्डिङमा । ७ वर्षिय सरगम राईले हालसम्म दर्जनौं गीत गाइसकेकी छिन् र निहरा राईले पनि विभिन्न प्रतिस्पर्धामा आफ्नो नाम राख्न सफल भइसकेकी छिन् । यस म्युजिक भिडियोलाई निर्देशक इन्द् जि जिविसाले आफ्नै अफिसियल युटुव च्यानल सिलिचुङ्ग टि.भिमा सार्वजनिक गरेका छन्।बाल कलाकारहरूले पनि निकै उत्कृष्ट काम गरेकोमा खुशी थिए निर्देशक जिबिसा। निकै राम्री र मिजासिला बाल कलाकारहरुलाई प्रगतिको शुभकामना ।भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला:https://youtu.be/OoaCw_xfNik

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *