|
२०७८ भाद्र २९
काठमाडौं । गायक तथा संगीतकार अनिल कोयी राई र तारा शिरिस मगरको ‘मेवा रसिलो’ सार्वजनिक भएको छ ।
युवा गायक राई र भोइस अफ नेपाल सिजन–३ का फिनालिस्ट गायिका मगरको स्वरमा रहेको उक्त गीतलाई लिरिकल भिडियोसहित सार्वजनिक गरिएको हो ।
गीतमा बर्ज खोटाङगे किरातीको शब्द रहेको छ भने अनिल कोयी राईको संगीत रहेको छ। खोटाङका गायक तथा संगीतकार राई विगत लामो समयदेखि सांगेतिक क्षेत्रमाआवद्ध छन् ।
गीतको ऐरेन्जर राजु कार्कीले गरेका हुन्। गीतलाई गायक राईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्