×

दोस्रो विवाह गर्दै गायिका अन्जु पन्त,को हुन् त श्रीमान् ?

माघ २०, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं-नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार अञ्जुले थीर कोइराला सँग विवाह गर्न लागेका हुन्।

सिंगल’ भएपछि विवाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन । पत्रकारहरुले विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय छोरीकै दवावका कारण विवाह गर्ने’ बताउँदै आएकी थिइन् । तर, उनले अहिलेसम्म आफूले विवाह गर्न लागेको कतै खुलाएकी छैनन् ।

दोस्रो विवाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ । अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले विवाह भव्यरुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन्। विवाहका लागि अञ्जु र थीर को अहिले एक चर्चित बुटिकमा लुगा तयार भइरहेको छ श्रोतले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: