शान्ती श्री र सञ्जय डिम्पलको ‘प्रदेशीको दशै तिहार’ सार्वजनिक (भिडियोसहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २०

काठमाडौं । दशैं तिहार नजिकिदै गर्दा दर्शै तिहार बिशेष गीत आउने क्रम जारी छ । सोही क्रममा अर्को दर्शै तिहार बिशेष गीत “प्रदेशीको दशै तिहार” सार्वजनिक भएको छ ।

यस गीतमा शान्ती श्री परियार र सञ्जय डिम्पलको स्वर रहेको छ भने सञ्जय डिम्पलको शब्द, संगीत रहेको छ । चर्चित कलाकार तथा निर्देशक शिवन पोखरेलको निर्देशन रहेको गीतमा हरिश महराको छायांकन, हिम्मत चैशिरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा शोभा त्रिपाठी, सञ्जय डिम्पल, झरना रिसाल, नबराज तिवारीको अभिनय रहेको छ । यस गीतलाई बाराही लाईभ दोहोरी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=YFoo_M9M3iY

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *