मनलाई सोध मनले के भन्छ
मान्छेको त गुनासै रहन्छ
पर्खिम अझै कति , मलाई माया गर्न पनि चाहिएको होर सानु कस्को अनुमति ?
मेरो बारे के भन्लान् अरुले
मन देख्दैनन् रुप हेर्ने हरुले
पर्खिम अझै कति , मलाई माया गर्न पनि चाहिएको होर सानु कस्को अनुमति ?
यी शब्द हुन लोकदोहोरी गीत ‘कस्को अनुमती’ मा समेटिएका । लोक तथा दोहोरीक्षेत्रमा चिरपरिचत नाम शिब सुबेदीको शब्द तथा संगीतमा रहेको ‘कस्को अनुमती’ सार्वजनिक भएको छ । गीतमा विक्रम परियार र शान्ति श्री परियारको स्वर रहेको छ ।
दुई प्रेम गर्ने जोडीको प्रेमलाई मुख्य भाव बनाइएको गीतमा मन पराएर पनि खुलेर व्यक्त गर्न नसकिएको, कसैको डर, दवावमा परेको कथालाई कलाकार महेन्द्र गौतम र गरिमा शर्माले अभिनयमार्फत उतारेका छन् ।
गीतलाई कलाकार तथा निर्देशक बिनोद भण्डारीले निर्देशन गरेका हुन् । गीत लेखन र संगीतमा सर्जक सुबेदीलाई निकै चर्चित र लोकप्रिय मानिन्छ ।यो भन्दा अगाडि सुबेदीका ‘अभागी त म हुँ’, ‘बाँचेको छु धन्न’, ‘आफ्नो पन’ लगायतका थुप्रै गीतहरु बजारमा छन् । जुन गीतलाई दर्शकश्रोताले मन पराएका पनि छन् ।
गायकीमा विक्रम र शान्ति श्री परियार पछिल्लो समय अत्यधिक चलेको र रुचाइएको नाम हो । सुवेदीसँगको सहकार्यमा विक्रमको स्वरमा यो भन्दा अगाडिको ‘बाँचेको छु धन्न’ दर्शकश्रोताको मन जितेको गीत हो ।
पछिल्लो समयमा निर्देशनमा आफ्नो दख्खल सावित गराउन सफल भण्डारीले निर्देशन गरेका गीतले दर्शकश्रोताले अत्यधिक माया पाएका छन् । भण्डारी यतिबेला ब्यस्त र रुचाइएका निर्देशकमा पर्छन् । गीत शिब सुबेदीको अफिसियल युट्युवमार्फत सार्वजनिक भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया