|
२०७८ आश्विन २३
काठमाडौं । नेपालीहरुको महान् पर्व बडा दशैं घरआँगनमा भित्रीसकेको छ । दशैं तिहार विशेष गीतहरु पनि बजारमा दिनहुँ आइरहेका छन् । यहि क्रममा गीतकार वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियको शब्दमा ‘आयो दशैं’बोलको गीत सार्वजनिक भएको छ ।
भिडियोसहित सार्वजसनक गीतमा गायक कौशलराज खड्का तथा गायिका अनामिका चौलागाईको स्वर रहेको छ । यस्तै गीतमा दीपक शर्माको संगीत रहेको छ भने राजेन्द्र बजगाईले संगीत संयोजन गरेका छन् ।
गीतमा कलाकार श्रीदेव भट्टराई, दीपाशा बिसी, सन्तोष केसी तथा झरना परियारको अभिनय रहेको छ ।
केशवराज भट्टको निर्देशन, रहेको गीतमा मुकेश हुमागाईँको छायांकन, विनोद बमको सम्पादन तथा रंग संयोजन रहेको छ ।
छायांछवि क्रियशनले निर्माण गरेको यस भिडियोलाई गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्