किताब बेच्दै थिए, मन्त्री बनें : महावीर पुन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौँ – नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सोमबार केशर महलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणपछि मन्त्री पुनले आफूलाई मन्त्री बनाउने निर्णय परिस्थिति जन्य भएको बताएका छन्।

“म त मेरो लयमा किताब बेच्दै थिएँ, मन्त्री बन्ने सोच नै थिएन,” पुनले भने, “तर परिस्थितिले यस्तो मोडमा ल्यायो कि मन्त्री बन्नुपर्‍यो।”

पुनले मन्त्रालयमै बसेर काम गर्ने प्रतिबद्धता जनाउँदै भने, “यहाँ किचन भए पाक्ने, ओछ्यान लगाएर सुत्ने, अनि यतै काम गर्ने हो। मन्त्री हुँदैंमा सबै कुरा सुध्रिन्छ भन्ने छैन, तर केही न केही राम्रो काम गर्ने प्रयास गरिन्छ।”

उनले विज्ञहरूलाई बोलाएर छलफल गर्ने र तिनैका सुझावअनुसार छिटो निर्णय लिने बताउँदै विज्ञान, प्रविधि, नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।

नि:शुल्क शिक्षा सम्बन्धी प्रश्नमा पुनले व्यावहारिक सोच प्रस्तुत गरे। “म मन्त्री भएकै भरमा नि:शुल्क शिक्षा दिन सक्दिन, म भगवान् त हैन। तर प्रयास गरौँला,” उनले उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *