नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक, एक्स्पो अफरमा ३२.९९ लाख

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २८

काठमाडौं । टाटा मोटर्सको नयाँ पञ्च ईभी नेपालभरका आधिकारिक शोरुमबाट एकैसाथ सार्वजनिक गरिएको छ। काठमाडौँमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर सिप्रदी ट्रेडिङले यो विद्युतीय कम्प्याक्ट एसयूभी बजारमा ल्याएको हो।

पञ्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकले विशेष छुटसहित ३२ लाख ९९ हजार रुपैयाँमै गाडी खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकलाई ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विशेष वारेन्टी पनि उपलब्ध गराइनेछ।

टाटा पञ्च ईभीप्रति ग्राहकको उत्साह बुकिङबाटै देखिएको सिप्रदीले जनाएको छ। बुकिङ भएका गाडीको डेलिभरी केही दिनभित्रै सुरु गरिने कम्पनीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *