काठमाडौंमा भव्य तयारीका साथ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ हुने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १९

काठमाडौं । राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आउँदो बिहीबारदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को आयोजना हुँदैछ। साउन २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने उक्त एक्स्पो नेपालमै अहिलेसम्मको सबैभन्दा ठूलो मोबिलिटी शो हुने दाबी आयोजकले गरेका छन्

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा नेपाल) को आयोजनामा हुन लागेको यो पाँचदिने भव्य मेला नयाँ प्रविधि, दिगो यातायात समाधान, विद्युतीय सवारी साधन (EV), नविनतम अटो पार्ट्स र ग्रीन मोबिलिटीका विविध पक्षमा केन्द्रित रहनेछ।

एक्स्पो नजिकिँदै जाँदा भृकुटीमण्डपको प्रदर्शनी स्थलमा अहिले स्टल निर्माण, स्टेज सेटअप, रंगरोगन तथा सजावटका काम तीव्र गतिमा भइरहेको छ। प्रदर्शनी स्थललाई आकर्षक बनाउने उद्देश्यले विभिन्न रङ, ब्यानर, लाइटिङ तथा ब्रान्डिङ सामग्री प्रयोग गरिएको छ।

एक्स्पोमा विभिन्न सत्र र सेमिनारहरू पनि आयोजना गरिनेछन्, जहाँ अटोमोबाइल उद्योगका विज्ञहरू, नीति निर्माता, व्यवसायी र युवा इनोभेटरहरूले प्रविधि र दिगोपनाबारे विचारविमर्श गर्नेछन्। युवाहरूकालागि करियर गाइड, EV परीक्षण र बुकिङ अफरहरू पनि उपलब्ध हुने आयोजकले जनाएका छन्।


नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ न सिर्फ़ प्रविधिको प्रदर्शनी हुनेछ, यो देशको अटोमोबाइल क्षेत्रलाई दिगो, हरित र नविन दिशातर्फ उन्मुख गराउने एक प्रयास पनि हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *