नेपाल राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

काठमाडौं — नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तय गर्दै सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १४४ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा तोकिएको छ।

केन्द्रीय बैंकले अन्य प्रमुख मुद्राहरूको दर पनि अद्यावधिक गरेको जनाएको छ। बैंकका अनुसार तोकिएको विनिमयदर आवश्यकताअनुसार जुनसुकै बेला परिमार्जन हुन सक्छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही अन्तर आउन सक्ने र पछिल्लो विवरण राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *