चिया निर्यात अवरोधले उद्योग संकटमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३१

इलाम, जेठ ३१ — भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण इलामको सूर्योदय क्षेत्रका अर्थोडक्स चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्।

उद्योगीहरूले ठूलो परिमाणमा तयारी चिया गोदाममै थन्किएपछि असार १ गतेदेखि उद्योग सञ्चालन रोक्ने निर्णय गरेका छन्। निर्यात प्रक्रिया जटिल बनेपछि उत्पादन बिक्री हुन नसकेको उनीहरूको भनाइ छ।

उद्योग बन्द हुँदा हजारौँ चिया किसानको आम्दानी प्रभावित हुने चिन्ता बढेको छ। समस्या समाधानका लागि उद्योगी र स्थानीय तहले सरकारसँग कूटनीतिक पहल गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *