नेपाली चियाको निर्यात किन रोकियो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ६

ंकाठमाण्डौँ । भारतले मे १ देखि नेपाली चियामा नयाँ गुणस्तर परीक्षण नियम लागू गरेपछि काँकडभिट्टा नाकाबाट चिया निर्यात ठप्प भएको छ। अब भारत प्रवेश गर्ने प्रत्येक ट्रकको चिया अनिवार्य रूपमा विषादी परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।

भारतीय सीमा पानीट्यांकीमा परीक्षण प्रयोगशाला नभएकाले चियाको नमुना कलकत्ता पठाइन्छ, जसका कारण रिपोर्ट आउन कम्तीमा १५ दिन लाग्ने र उद्योगीलाई ठूलो खर्च व्यहोर्नुपर्ने अवस्था आएको छ।

नेपाल चिया उत्पादक संघका अनुसार भारतले नेपाली गुणस्तरीय चियालाई रोक्न विभिन्न बहाना बनाएको हो । उद्योगीहरूले प्रत्येक परीक्षणमा करिब १५ हजार भारतीय रुपैयाँ खर्च हुने बताएका छन् । परीक्षणमा असफल भए चिया फिर्ता ल्याउन पनि नपाइने र भारतमै नष्ट गर्नुपर्ने जोखिम रहेको छ।

निर्यात अवरुद्ध भएपछि झापा र इलामका करिब एक सय चिया उद्योग प्रभावित हुने अवस्था देखिएको छ। उद्योगीहरूले नेपाल सरकारलाई भारतसँग कूटनीतिक पहल गर्न तथा बंगलादेश वा तेस्रो मुलुकतर्फ वैकल्पिक बजार खोल्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *