एमाले फुट्यो: माधवको अध्यक्षतामा एमाले समाजवादी दर्ता गर्न निवेदन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २

काठमाडौं ।अन्तत्: लामो समयको रस्साकस्सी पछि नेकपा एमाले अन्तत् फुटेको छ ।

नेकपा एमालेको माधव कुमार नेपाल समूहले पार्टीको नाम र चुनाव चिन्ह निश्चित गरी निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा पुगी नेपाल समूहले नेकपा एमाले (समाजवादी) नाम र खुला किताव चुनाव चिन्हसहित दल दर्ताको निवेदन दिएका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *