कर्णालीका १० जिल्लामा मतपत्र ढुवानी सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १

काठमाडौं — निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन सुरु गरेको जनाएको छ। छपाइ कार्य सम्पन्न भइसकेका जिल्लामा अहिले धमाधम ढुवानी भइरहेको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिएका छन्।

सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र पठाइँदैछ। आयोगका अनुसार हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सकिएको छ भने कुल १ करोड ५७ लाख ७८ हजार मतपत्र तयार भइसकेका छन्।

अहिलेसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ गरिएको छ। दैनिक करिब १ हजार बाकस प्याकिङ र १३–१५ लाख मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ जारी छ। समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको छ भने प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छापिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *