१५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १८

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रयोग हुने प्रत्यक्षतर्फका मतपत्र छपाइको काम पूरा भएको छ।

निर्वाचन आयोगका अनुसार बाँकी जिल्लाहरूको मतपत्र छपाइ कार्य भने निरन्तर जारी छ। मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा भइरहेको छ।

आयोगले जनाएअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लामा प्रत्यक्षतर्फका सबै मतपत्र छपाइ सम्पन्न भइसकेका छन्।

त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेत क्षेत्र नम्बर १ र २, रुकुमपश्चिम, बाजुरा तथा अछामका क्षेत्र नम्बर १ र २, कैलाली क्षेत्र नम्बर १, झापा क्षेत्र नम्बर ५ र सुनसरी क्षेत्र नम्बर १ का मतपत्र पनि छपाइ भइसकेको छ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ गरी सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ। साथै, समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइ कार्य समेत सम्पन्न भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *