|
२०८२ माघ २६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आइतबारसम्म एक करोड ९ लाख ६३ हजार मतपत्र छपाइ सकिएको छ। यी मतपत्र प्याकिङ्ग समेत भइसकेको छ।
मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली दुबैका लागि भइरहेको छ। आयोगले गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरी अब ढुवानीका लागि तयारी पूरा गरेको जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्