समानुपातिकतर्फ १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न, अझै ५० लाख बाँकी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १०

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत २ करोड मतपत्रमध्ये १ करोड ५० लाख थान छपाइ भइसकेको जनाएको छ । अब ५० लाख मतपत्र छपाइ गर्न बाँकी रहेको छ ।

माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ सुरु गरिएको हो । समानुपातिकतर्फको काम सकिएपछि प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र छपाइ सुरु गरिने आयोगले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४०६ उम्मेदवारको नामावली सार्वजनिक भइसकेको छ । उम्मेदवारी प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *