प्रत्यक्षतर्फ चुनावका लागि छापियो २ करोड ३६ लाख ८० हजार मतपत्र, ढुवानी गरिँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७९ कार्तिक १३

निर्वाचन आयोगले मंसिर ४ मा हुने चुनावका लागि प्रत्यक्षतर्फ चाहिने मतपत्रमध्ये अहिलेसम्म २ करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइको काम सकेको छ।

बाँकी मतपत्र छपाइको काम भइरहेको छ।

प्रतिनिधि सभा र प्रदेश सभातर्फ प्रत्यक्षका लागि हिजोआज धमाधम मतपत्र छपाइका काम भइरहेका छन्।

प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ।

साथै आजदेखि प्रत्यक्षतर्फको पनि मतपत्र ढुवानी सुरू हुनेछ।

आइतबार कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुने आयोगले जनाएको छ।

यसैगरी यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुनेछ।

साथै यी जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको  मतपत्र पनि ढुवानी हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *