स्थानीय तहलाई मन्त्री पुनको आग्रह : तल नझारेर तलब बढाएर दिनुहोस्’

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ९

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले स्थानीय तहहरूलाई विद्यालयका शिक्षक तथा कर्मचारीको तलबमा अन्याय नगर्न आग्रह गरेका छन्। उनले केन्द्र सरकारबाट उपलब्ध गराइएको अनुदानमा आवश्यकतानुसार रकम थपेर पूर्ण पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै मन्त्री पुनले बालकक्षा शिक्षकदेखि विद्यालय सहयोगी तथा सहायक कर्मचारीका लागि मन्त्रालयले तय गरिएको दरअनुसार रकम पठाइसकिएको जानकारी दिएका छन्। उनका अनुसार बालकक्षा शिक्षकका लागि १२ हजार, विद्यालय सहयोगीका लागि १० हजार र सहायक कर्मचारीका लागि १५ हजार रुपैयाँ अनुदानस्वरूप स्थानीय तहलाई पठाइएको छ।

मन्त्री पुनका अनुसार नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकभन्दा तल नपर्ने गरी बाँकी आवश्यक रकम स्थानीय तहले थप्नुपर्नेछ।

उनले हालसम्म देशभरका झन्डै ७०० स्थानीय तहहरूले तलबमा आवश्यक थप गरी न्यूनतम पारिश्रमिकअनुसार भुक्तानी दिएको जानकारी पनि दिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *