काठमाडौं, – हालै संचारमन्त्री जगदीश खरेलको रोलेक्स घडीको चर्चा तातिएको बेला, शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री महावीर पुनले पनि आफू सँग रोलेक्स घडी रहेको खुलासा गरेका छन्।
सामाजिक सञ्जालमा रोलेक्स घडीको फोटो पोस्ट गर्दै उनले घडी आफैंले नकिनेको र ताप्लेजुङका एक वृद्ध दम्पतीले किताब बेच्दै हिँड्दाको बेला जबर्जस्ती उपहार दिएको बताएका छन्।
“लिन मानेको थिएन, तर सुकेटारका बृद्ध आमाबाबुले फुङलिङ बजारमै दिए”, उनले फेसबुकमा लेखेका छन्।
व्यंग्यात्मक लहजामा उनले थपे, “मैले लगाएर हिँडेको भए त बर्बादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचेछु।”
पुनले ३ वर्षअघि एक बेलायतवासी साथीले दिएको अर्को रोलेक्स घडी भने फेसबुकमै बेचिदिएको जानकारी पनि दिएका छन्। अहिलेको घडी भने तुरुन्तै नबेच्ने बताएका छन् – “यो अहिलेको घडी तुरुन्तै बेच्दिन, गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई!”

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्