मन्त्री पुनको खण्डन : न निजी आम्दानी, न तलबभत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १६

काठमाडौँ, असोज १६ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले छोरीलाई विदेशमा करोडौं खर्चेर पढाएको भन्ने सामाजिक सञ्जालमा फैलिएको अफवाहको खण्डन गरेका छन्।

फेसबुक पोस्टमार्फत पुनले ३२ वर्षदेखि कुनै व्यक्तिगत आम्दानी नगरेको र आफ्नो परिवारको खर्च साथीभाइ तथा सहयोगीहरूले बेहोर्ने खुलासा गरेका छन्। मन्त्री भए पनि उनले तलबभत्ता नलिने र यात्रा खर्च पनि आफैं तिर्ने बताएका छन्।

उनले २०० भन्दा बढी गाउँमा इन्टरनेट, आविष्कार केन्द्र, कोरोना महामारीमा स्वास्थ्य सामग्री वितरण तथा वीरगञ्जको कृषि औजार कारखाना पुनः सञ्चालनजस्ता कार्य जनताको दानकै भरमा सम्भव भएको बताएका छन्।

रिसाएकाे इमोजीसहित उनले ‘बातकर्ताहरू’ लाई आफ्नाे आत्मकथा पढ्न सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Demi2228

    October 2, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *