काठमाडौं — हालै शिक्षामन्त्रीको रुपमा नियुक्त महावीर पुनले सामाजिक सञ्जालमार्फत जनतालाई एक विशेष अनुरोध गरेका छन्। उनले फेसबुकमा लेख्दै हजारौं फोनकल र मेसेजहरू आइरहेका कारण आफू मन्त्रालयमा सिर्जनशील र प्रभावकारी टिम बनाउने कार्यमा व्यस्त भएको जनाएका छन्।
पुनले लेखेका छन्,
“अस्ती देखि मोबाईलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आई रहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल टीम बनाउन व्यस्त छु। त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला। धन्यवाद।”
पुनले जनताको चासो र माया प्रति आभार प्रकट गर्दै तत्कालिक समयमा सहयोगको अपेक्षा गरेका छन्। मन्त्री पद सम्हालेपछि उनको जनप्रियता झनै बढेको देखिएको छ, तर उनले कार्यक्षमता र टीम निर्माणमा ध्यान दिनका लागि जनसम्पर्क केही समयका लागि सीमित राख्नुपर्ने आवश्यकता व्यक्त गरेका हुन्।


दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्