क्षतिको विवरण बुझाउन सबै स्थानीय तहलाई मन्त्रालयको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काटठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेनजी आन्दोलन (भदौ २३–२४) का कारण भएको क्षतिको विवरण समेटेर अनलाइन पोर्टलमा प्रविष्ट गर्न देशभरका ७५३ स्थानीय तहलाई आग्रह गरेको छ।

मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार गठन भएको पाँच सदस्यीय समितिले तथ्यांक संकलनमा एकरूपता ल्याउन पोर्टल तयार पारेको हो।

सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको मूल्यांकन र पुनःनिर्माण योजनाका लागि छुट भएका विवरण पनि अपलोड गर्न मन्त्रालयले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *