|
२०८२ मंसिर ७
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफामाथि आधारित रही सेयरधनीका लागि आकर्षक लाभांश प्रस्ताव गरेको छ। मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको हालको चुक्ता पुँजीमा आधारित १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहनेछ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्।
एनएमबि बैंकको यो लाभांश प्रस्तावले बजारमा सेयरधनीहरूलाई सकारात्मक सन्देश जाने अनुमान गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्