एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफामाथि आधारित रही सेयरधनीका लागि आकर्षक लाभांश प्रस्ताव गरेको छ। मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको हालको चुक्ता पुँजीमा आधारित १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर५ प्रतिशत नगद लाभांश (करसहित) रहनेछ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्।

एनएमबि बैंकको यो लाभांश प्रस्तावले बजारमा सेयरधनीहरूलाई सकारात्मक सन्देश जाने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *